काठमाडौं । कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिने रेम्दि सिभिर औषधि आयातका लागि तीन कम्पनीले अनुमति पाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिएको हो । मन्त्रालयले एक सूचना जारी गर्दै नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं छन् ।
यस्तै भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई पनि रेम्दिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । भारतलाई रेम्दिसिभिर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।
योर औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने पनि मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यो औषधि नेपालमा क्लिनिकल ट्रायलका रुपमा समेत प्रयोग भैरहकेो छ ।
