काठमाडौं । फ्लाइ दुबईको एफजेड ५७३ को उडानमार्फत बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका गोरखाका मीनबहादुर घलेको साथबाट ठूलो परिमाणको सुन बरामद भएको थियो। उनले उक्त सुन छाती र जुत्तामा लुकाएर ल्याएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनको साथबाट १४ किलो सुनसहित सुनको मालिकलाई पनि पक्राउ गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार घलेले दुबईबाट सुन ल्याउँदै छन् भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो ।
घलेलाई पक्राउ परेपछि उक्त सुनका मालिक मीनबहादुर घले रहेको बयानका आधारमा मीनबहादुरलाई समेत पक्राउ गरिएको हो ।
उनीहरूमाथि भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको विमानस्थल प्रहरीका एसपी पदम विष्टले जानकारी दिए ।
भन्सार कार्यालयले सुनसहित पक्राउ परेका घलेको भिडियो समेत सार्वजनिक गरेको छ । भिडियोमा घलेले सुन कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको देखिन्छ । त्योबाहेक जुत्ताभित्र समेत सुन लुकाएर ल्याएको देखिएको छ । उक्त सुन ल्याएका व्यक्तिमाथि भन्सार कार्यालयको स्क्यान मेसिनमा जाँच गर्दा उक्त सुन देखिएपछि बरामद गरेको देखिन्छ ।
भिडियोमा देखिएका घलेले कसरी त्यति ठूलो परिमाणको सुन शरीरमा लुकाएर ल्याए भन्ने प्रश्न उठेको छ । विमानस्थल प्रहरी स्रोतले समेत १४ किलो सुन त्यसरी ल्याउने प्रयास गर्नुलाई आश्चर्य मानेको छ ।
स्रोतले भन्यो, “विमानस्थलबाट विभिन्न तरिकाले सुन तस्करी भइरहेको छ । यसलाई शून्यमा झार्न हामी लागिरहेका छौँ । तर आज १४ किलो सुन आफैँले बोकेर आउनु भनेको हाम्रो सुरक्षा प्रणालीलाइ सजिलै पार गर्छु भन्ने आँटले नै हो । अथवा अन्य केही कारण छ हामी नै आश्चर्यमा छौँ ।”
प्रहरी स्रोत विमानस्थल भन्सारको सेटिङबिना यो सम्भव नै नभएको दाबी गर्छ । “भन्सारको सेटिङबिना सम्भव देखिँदैन,” प्रहरी स्रोतले भन्यो ।
नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी समेत १४ किलो सुन त्यसरी बोकेर आउनु नै शंकास्पद भएको बताउँछन् । “तस्करले विभिन्न माध्यम प्रयोग गरेर सुन तस्करी गर्छन् । तर, हिजोको घटना अलि फरक छ । समयमा कसैको केही इन्ट्रेस्ट हुन पनि सक्छ । पक्राउ परेकाको ट्राभल डकुमेन्टबाट यो खुल्न सक्छ,” उनले भने ।
विमानस्थल प्रहरी स्रोतका अनुसार उनी पछिल्लो समय १८ मंसिरमा मात्रै दुबई गएको खुलेको छ ।
उनी तीन दिन मै १४ किलो सुन ल्याएर फर्किंदा पक्राउ परेका हुन् । त्यो बाहेक उनी यसअघि समेत पटक–पटक दुबई काठमाडौं आउने जाने गरेको खुलेको छ ।
गएको भदौमा चिनिया तस्कर समूहले भने विभिन्न सवारी साधनको ब्रेक सु भित्र लुकाएर ६० किलो सुन तस्करी गरेको खुलेको थियो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend