Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कोरोना संक्रमित सशस्त्र प्रहरी जवानको मृत्यु


    शुक्रबार, असोज ३० २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा २५ वर्षीय जवानको मृत्यु भएको हो । उनी मुस्ताङमा कार्यरत थिए । 

    बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।

    असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार