Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरको इन्काउन्टरमा प्रहरी दोषी रहेको आयोगको ठहर, कारबाहीका लागि गर्‍यो सिफारिस


    शुक्रबार, असोज ३० २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दुई वर्षअघिको इन्काउन्टर घटनामा पाँच प्रहरीलाई कानुनी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ । घटनास्थलमा खटिएका डीएसपी रुगमबहादुर कुँवर, सईहरु दीपेन्द्र चन्द, प्रसन्न मल्ल र रञ्जित तामाङ तथा असई राजन खड्कालाई आयोगले कारबाहीको सिफारिस गरेको हो ।

    पेप्सीकोला निवासी बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका अजय तामाङ र गोपाल तामाङको २० साउन २०७५ मा प्रहरी गोली लागेर मृत्यु भएको थियो ।

    भाग्न खोज्दा उनीहरुलाई गोली हानिएको प्रहरी दाबी थियो । तर, छानबिनको क्रममा उनीहरुलाई डेराबाटै पक्राउ गरी जंगलमा लगेर गोली हानिएको आधार देखिएको निष्कर्ष आयोगले निकालेको छ ।

    घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट मानव अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरी आयोगले उनीहरुलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

    आयोगले बुधबार नै त्यससम्बन्धी निर्णय गरेकोमा शुक्रबार यसबारे औपचारिक विवरण सार्वजनिक गरेको हो । कारबाही सिफारिस गरिएका पाँचै जना प्रहरी त्यतीबेला महानगरीय अपराध महाशाखामा कार्यरत थिए ।

    पाँचमध्ये सई मल्लले जागिर छाडिसकेका छन् भने लामा इन्सपेक्टरका रुपमा कार्यरत छन् । अन्य तीन जना जागिरमै छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार