Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी जवानमा जागिर खाने अवसर खुल्यो, ५ हजार जना माग


    शुक्रबार, असोज ३० २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा जागिर खान चाहनेका लागि सुवर्ण अवसर आएको छ। तल्लो तहमा भर्ना हुन चाहनेका लागि ठूलो संख्यामा आवेदन मागिएको हो । 

    नेपाल प्रहरीले ५ हजार २ सय २७ जना नयाँ जवानका लागि दर्खास्त आव्हान गरेको छ । प्रहरी जवान पदका लागि विज्ञापन निकालेर खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार दर्खास्त आव्हान गरिएको हो ।

    जसमध्ये खुलातर्फ २ हजार ८ सय १७ कोटा र बाँकी समावेशीतर्फ छ ।

    कात्तिक १६ देखि मंसिर २३ गतेभित्र इच्छुक नेपाली नागरिकले फाराम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । आवदेन ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ ।

    कक्षा आठ वा सोसरह पास गरेकाले फाराम भर्न पाउने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार