Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग


    शुक्रबार, असोज ३० २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो । जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

    लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने उहाँले बताउनुभयो । तीव्रगतिका कारण अधिकांश गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । “चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “यसलाई पछिसम्म निरन्तरता दिनेछौँ ।” उहाँले सवारी साधन चलाउँदा संयमित र अुनशासित हुनसमेत अनुरोध गर्नुभयो । ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ ।

    चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्डसमेत राखेको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार