काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवाका लागि सिफारिस भएका उपरथी अशोकराज सिग्देलको जन्ममिति विवादबारे अख्यितार दुरुपयोग आयोगले छानबिन गर्न निर्देशन दिएको छ ।
रथी बढुवाका लागि जंगीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेको उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति रहेको उल्लेख गर्दै गएको मंसिर ४ गते उजुरी परेको थियो । उक्त उजुरीपछि अख्तियारले छानबिनका लागि निर्देशन दिएको हो ।
विवादकै बीच शुक्रबार जंगीअड्डाले उनलाई बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसलगत्तै उनको जन्ममिति विवादबारे छानविन गर्न अख्तियारले रक्षा मन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।
सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्ममिति १९ चैत २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् ।
२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ ।
२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ बर्ष’ र ढड्डामा ‘२०२१ साल’ लेखिएको छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको आरोप छ ।
भावी प्रधानसेनापति बन्ने दौडधुपमा समेत रहेका सिग्देल जन्ममिति विवादले समस्यामा फसेका छन् । यदि उनी बढुवा भएमा नौ महिनापछि सैनिक नेतृत्वमा चयन हुनेछन् । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।
नेपाली सेनामा जन्ममिति विवादमा धेरै अधिकृत परेका छन् । जन्ममिति विवादकै कारण रथी बढुवा सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले पनि राजीनामा दिएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend