काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवाका लागि सिफारिस भएका उपरथी अशोकराज सिग्देलको जन्ममिति विवादबारे अख्यितार दुरुपयोग आयोगले छानबिन गर्न निर्देशन दिएको छ ।
रथी बढुवाका लागि जंगीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेको उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति रहेको उल्लेख गर्दै गएको मंसिर ४ गते उजुरी परेको थियो । उक्त उजुरीपछि अख्तियारले छानबिनका लागि निर्देशन दिएको हो ।
विवादकै बीच शुक्रबार जंगीअड्डाले उनलाई बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसलगत्तै उनको जन्ममिति विवादबारे छानविन गर्न अख्तियारले रक्षा मन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।
सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्ममिति १९ चैत २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् ।
२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ ।
२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ बर्ष’ र ढड्डामा ‘२०२१ साल’ लेखिएको छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको आरोप छ ।
भावी प्रधानसेनापति बन्ने दौडधुपमा समेत रहेका सिग्देल जन्ममिति विवादले समस्यामा फसेका छन् । यदि उनी बढुवा भएमा नौ महिनापछि सैनिक नेतृत्वमा चयन हुनेछन् । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।
नेपाली सेनामा जन्ममिति विवादमा धेरै अधिकृत परेका छन् । जन्ममिति विवादकै कारण रथी बढुवा सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले पनि राजीनामा दिएका थिए ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend