काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई ‘मिसन ८४’ भनेको के हो भनेर प्रश्न गरेका छन्।
अछाममा कांग्रेसले आज गरेको कार्यक्रममा बोल्दै शर्माले ०८४ मा चुनाव हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।
‘दुई-तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो। तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन। आज फेरि अर्को झापाली तपाईंहरूको जिल्लामा आएर उभिएको छ। बडेबडे झापालीको मूल लक्ष्य मिसन ८४ भन्नुभएको छ,’ ओलीलाई लक्षित गर्दै शर्माले भने, ‘एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो? के कांग्रेसले २००७ सालमा राणाशासन ढालेर जनतालाई स्वतन्त्रता दिएकोजस्तै हो? होइन।’
०८४ सालमा चुनाव हुने शर्माको भनाइ छ।
‘न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ। चुनाव हुने कुन ठूलो कुरा भयो?,’ उनले प्रश्न गरे, ‘चुनाव पहिला पनि हुन्थ्यो। अब पनि हुन्छ। अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ। अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ। जिम्मेवार राजनीतिक दलले मस्तिष्कमा सधैं चुनाव भनेर राख्न हुन्न। चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ।’
राजनीतिक दलले एकपछि अर्को चुनावको मात्र चिन्ता गरेकोमा जनताले प्रश्न गर्नुपर्ने शर्माले बताए। उनले कांग्रेस मिसन ८४ को घोषणामा नभएको पनि बताए।
‘०८४ को वैशाखतिर चुनाव घोषणा होला त्यतिबेला चिन्ता गरौंला,’ शर्माले भने, ‘तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौं। बाटो, बिजुली के-के गर्न बाँकी छ, काम गरौं। मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, ०८४ पछि खोज्ने?’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend