Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ३५६४ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बिहिबार, असोज २९ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    यो सँगै नेपालमा ८४ हजार ५ सय १८ संक्रमित  उपचारपछि निको भएका छन्। 

    आज मन्त्रालयका अनुसार १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १२ लाख ३७ हजार ६ सय ३६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३६ हजार ५ सय ३३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार