Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थपिए १९ सय ३५ जना कोरोना संक्रमित


    बिहिबार, असोज २९ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। 

    काठमाडौंमा १ हजार ६ सय ९२ जना, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको उनले बताए।

    देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय २५ छ। 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार