काठमाडौं । बिहीबार देशभर ३ हजार ७ हजार ४९ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको उनले बताए।
यस दिन कोरोनाबाट ३ हजार ५ सय ६४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको हो। अहिले देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।
बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ।