Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ मन्त्रीहरुसहित मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, असोज २९ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार मन्त्रिपरिषद बैठक बस्दैछ। बैठक साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तालिका छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

    नयाँ पुनर्गठनमा नेता विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै सहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

    महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार