Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार


    बिहिबार, असोज २९ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मध्य बानेश्‍वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।  सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेका हुन् ।

    सुरक्षा गार्डको हातमा चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको हो । अनुसन्धानका क्रममा बा६८प २०५८ नम्बरको स्कुटरमा आएका व्यक्तिले खुकुरी प्रहार गरेको खुलेको छ । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद हुँदा सुरक्षा गार्डकै खुकुरी झिकेर प्रहार गरिएको खुलेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार