Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत


    शनिबार, मंसिर १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पाटन नगरपालिका-३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहार रहेका छन् ।

    लुहारले ती किशोरीलाई मङ्सिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार