Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्योः हमास


    शनिबार, मंसिर १६ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गाजा । गाजा पट्टीमा रहेको हमास सरकारले आज शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको जानकारी दिएको छ ।

    ‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी’ भएको छ । थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ ।

    इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार