Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इमरान खानको पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर खान नियुक्त


    शनिबार, मंसिर १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध नियुक्त भएका छन् । उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व अध्यक्ष इमरान खानले मनोनयन गरेका थिए । हाल इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।

    अध्यक्षमा निर्वाचित भएपछि गौहर अली खानले भने, ‘म पदमा रहेसम्म इमरान खानको प्रतिनिधित्व गर्नेछु ।’ उनले इमरान खान आजीवन पीटीआईको अध्यक्ष थिए, छन् र रहने बताएका छन् ।

    गौहरले अध्यक्ष पद आफूसँग नासोको रूपमा रहेको र इमरान खान जेलबाट बाहिर आउनेबित्तिकै आफूले हस्तान्तरण गर्ने बताए । इमरान खान लामो समयदेखि जेलमा रहेकाले यसअघि निर्वाचन आयोगले पार्टीलाई अध्यक्ष पदका लागि निर्वाचन गराउन २० दिनको समय दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार