काठमाडौं । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) झरेन्द्रप्रसाद चापागाइईंलाई कोरोना संक्रमण पुष्टि भएको छ। सीडीओलाई नै कोरोना पुष्टि भएपछि ताप्लेजुङ प्रशासन कार्यालय सात दिनलाई सिल गरिएको छ।
प्रशासन कार्यालयका नायब सुब्बा रमेशप्रसाद सिग्देलले सात दिन प्रशासन कार्यालयको कामकाज ठप्प हुने निर्णय भएको जानकारी दिए। ओलाङ्चुङगोलामा स्थापना हुने बीओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंलाई समेत संक्रमण पुष्टि भएको हो।
मन्त्री भट्टराई आफैं संक्रमित भएर अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। बीओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा सीडीओ चापागाईंको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। स्वाब संकलनपछि उनलाई प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टिनमा थिए।
उनले आफ्नो स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएकोले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताए। उनका अनुसार अहिले उनमा ज्वरो सहितका कोरोनासंग मिल्लोजुल्दो केहि लक्षणहरु छैनन्। यसअघि गरिएको उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो।