Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घटस्थापनादेखि दशैं बिदा दिन सरकारलाई सचिवहरुको सुझाव


    बिहिबार, असोज २९ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । घटस्थापनादेखि नै दशैंको बिदा दिन सरकारलाई कर्मचारीहरुले सुझाव दिएका छन् । उनीहरुले कोरोना भाइरसको बढ्दो जोखिमका कारण दशैं बिदा घटस्थापनाबाट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुझाव दिएका हुन् ।

    सरकारले फूलपातीबाट दशैं बिदा दिँदै आएको थियो । यो वर्षको घटस्थापना कात्तिक १ गते रहेको छ भने फूलपाती ७ गते छ । सरकारले फूलपातीदेखि एकादशीसम्म बिदा दिँदै आएको थियो ।

    विभिन्न मन्त्रालयका सचिवहरुले मुख्यसचिव शङ्करदास बैरागीलाई भेटेर दशैंको बिदा लम्ब्याउन माग गरेका हुन् । पछिल्लो समय सरकारी कार्यालयमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सचिवहरुले यस्तो सुझाव दिएको बताइन्छ।

    नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ । विशेषगरी काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र दरले बढेको छ । सरकारले सामाजिक दूरी कायम गर्न अपिल गरे पनि भीडभाड बढेसँगै संक्रमणको दर पनि बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार