Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतले गर्‍यो अधिवेशनको मिति तय


    शुक्रबार, मंसिर १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ । आगामी पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा समितिको अधिवेशन हुने भएकाे हाे ।

    त्यस्तै माघ १५ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण पालिका समितिको अधिवेशन गर्ने मिति तय भएको जनमतले जनाएको छ ।

    चैत ३ गते सम्पूर्ण जिल्लाको अधिवेशन गर्ने तथा २०८१ वैशाख २४–३० गतेसम्म प्रदेशको अधिवेशन गरिसक्नु पर्ने पार्टीले निर्णय गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार