Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा कोरोना संक्रमण बढ्दै, उपत्यकामा मात्रै ११ सय सक्रिय संक्रमित


    बिहिबार, असोज २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २९ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाकै ११ सय ६ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् ।

    हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भैसकेका छन् ।

    प्रदेश १ मा १ सय ५० जना, प्रदेश २ मा ८५ जना, बागमती प्रदेशमा १ सय ७४ जना,गण्डकी प्रदेशमा १ सय ९५ जना, लुम्बिनी प्रदेशमा २ सय ५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १ सय २५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार