Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप लिग-२ : पहिलो सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने


    शुक्रबार, मंसिर १५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइसिसी एकदिवसीय विश्वकप २०२७ अन्तर्गको लिग-२ फागुन ५ गतेदेखि नेपालबाट सुरू हुने भएको छ। आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने उक्त सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ।

    आगामी फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

    सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ।

    अघिल्लो लिग-२ को साइकलमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ८ टिमले भाग लिँदैछन्।

    अघिल्लो पटक आइसिसी स्थायी सदस्यसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्सले यसपटक लिग-२ खेल्दैछ।

    लिग-२ मा नेपाल, नेदरल्यान्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार