Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा कसरी भयाबह रुपमा फैलियो कोरोना ?


    बिहिबार, असोज २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अत्यन्तै तीब्र गतिमा फैलिएको छ । त्यसका निमित्त सरकारको गलत व्यवस्थापन र गैरजिम्मेवारी रहेको भन्दै चौतर्फी आलोचना भएको छ ।  वि.स.२०४६ साल चैत २६ गते बहुदलीय व्यवस्थाको घोषणा भएपश्चात् अन्तरिम सरकारका स्वास्थ्य मन्त्री बनेका डा.मथुरा श्रेष्ठले चार दिनअघि सामाजिक सञ्जालमा काठमाडौंमा कोभिड–१९ फैलनुका कारण गलत सम्पर्क नम्बर र ठेगाना टिपाएर बेपत्ता हुनु नै हो भनेका छन् ।

    चिकित्सा विज्ञानका विज्ञ रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भनेका छन् ‘काठमाडौंमा ९१ जना कोरोना पोजिटिभ केसहरु गलत ठेगाना र टेलिफोन दिएर बेपत्ता हुनु सामाजिक गैरजिम्मेवारी र अपराधको पराकाष्टा हो’(  यी ९१ जना पोजिटिभ भएका व्यक्तिहरु कहाँ कहाँ पुगे होलान् ? र कति जनालाई संक्रमित बनाए होलान् ?

    काठमाडौंमा बिभिन्न पेसा  र व्यवसाय गरेर बसेका भारतीयहरुका कारण यो अवस्था आएको विज्ञहरुको दाबी छ । केन्द्रीय प्रयोगशाला टेकुमा झण्डै ९५ प्रतिशत भारतीय नागरिकको मात्रै परीक्षण गरिएको छ । रातारात लाइन लागेर दैनिक निशुल्क परीक्षण गरेका भारतीय नागरिकहरुले गलत फोन नम्बर र ठेगाना टिपाएका कारण यो अवस्था आएको हो । नेपालमा कोरोना भाइरस नियन्त्रणमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएकी रुना झाको व्यवस्थापनका कारण यो अवस्था आएको एक प्राविधिक कर्मचारीले बताए ।

     स्वास्थ्य क्षेत्रका कतिपय प्राविधिकहरुले कोरोना भाइरसको महामारीमा पनि कमाउधन्दा चलाइरहेका छन् । बाग्लुङका विदेशबाट आएका दुई जना कोरोना संक्रमितको उपचारको नाममा एक करोड ५५ लाख रुपैयाँ खर्च गरिएको थियो । यसरी औषधि नै नभएको भन्ने गरिएको भए पनि ठूलो रकम खर्च देखाएर मौकाको फाइदा उठाउनेहरुको संख्या पनि कम छैन ।

    केही दिनअघि नागार्जुन नगरपालिकाका वडा अध्यक्षलगायत दर्जनौं मानिसहरुको परीक्षण नै नगरी नेगेटिभ रिजल्ट आएको भन्दै केन्द्रीय प्रयोगशाला टेकुबाटै सूचना आएको थियो । त्यसपछि वडाअध्यक्ष कार्यक्रममा गएका थिए । तुरुन्तै  परीक्षण गर्दा पोजिटिभ आएको थियो । यसरी टेकुको प्रयोगशालामा अहिले गम्भीर लापर्बाही भइरहेको स्रोतको दाबी छ । यस सम्बन्धमा प्रयोगशालाकी प्रमुख रुना झा संग सम्पर्क गर्दा उनले भनिन्–‘टेकूमा त स्थानीय तहबाट नमूना संकलन भएर आउने हो, नमूना परीक्षण गर्ने हाम्रो काम हो, परीक्षण गरिएको ब्यक्तिले नाम र सम्पर्क नम्बर नै गलत लेख्छन् भने त के गर्न सकिन्छ ? यसलाई प्रयोगशालाको लापरबाही कसरी भन्ने ? जहाँसम्म कोरोना पोजेटिभ ९१ जना बेपत्ता भएको कुरा हो, त्यो मलाई थाहा भएन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार