गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवाल
काठमाडौं । गोर्खा बु्रअरीले उत्पादन गरेका विभिन्न ब्रान्डका बियर गुणस्तरहीन रहेको पाइएपछि बिक्रीबितरणमा रोक लगाइएको छ । गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको आन्तरिक राजस्व विभागको ठहर छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको विभागले स्पष्ट पारेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।
गोर्खा ब्रुअरीद्धारा उत्पादित बियरहरु लोकल रक्सी भन्दा पनि गुणस्तरहीन पाइएपछि बिक्रीबितरणमा रोक लगाइएको बिभागले जनाएको छ ।विभागले वर्गीकरणमार्फत् ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरी बियरका नाममा बिष बेचिरहेकाले उक्त उद्योगमाथि कडा कारबाही हुनपर्ने ठगीधन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताकर्मीको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् ।

विनोद कुँवर र प्रेमलाल महर्जन
राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले मदिराजन्य उत्पादनमा राज्यले प्रोत्साहन दिनु नहुने र नियन्त्रण नै गर्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘मदिराजन्य पदार्थको अनुमति लिएर घोषित मापदण्ड अनुसार पनि उत्पादन नगर्नु लापरबाही हो, जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो । गाउँघरमा उत्पादित मदिरा नष्ट गर्ने र उत्पादकलाई जेलमा हाल्ने सरकारले गुणस्तरहीन बियर उत्पादनमाथि रोक लगाई त्यस्ता उत्पादकलाई हदैसम्मको कारबाही गर्नुपनर्छ ।’
बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागको अनुसन्धानमा खुलेको छ । आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरेको थियो । विभागको अध्ययनमा गोर्खा बु्रअरीले सेवन गर्न नै नहुने बिषाक्त बियर उत्पादन गरी उपभोक्ता ठगी गरेको सार्वजनिक भएको हो । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ ।
गोर्खा ब्रुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ । गोर्खा ब्रुअरीका बियरमा रोक लगाउने आवाज उठिसकेको छ ।
बर्षौदेखि बिषाक्त बियर बिक्री गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । उनी विभागले तोकेको अन्तशुल्क नतिरी बियर बिक्री खुलाउन चौतर्फी दिइरहेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवर कुनै खालको प्रलोभनमा नपरी बिषाक्त बियर बिक्री गर्ने गोर्खा ब्रुअरीलाई कारबाही गर्ने पक्षमा देखिएका छन् । यसअघि चुडामणि शर्मा जस्ता महानिर्देशकलाई प्रभावमा पारी गुणस्तरहीन बियर बिक्री गर्ने र अन्तशुल्क छल्ने गोर्खा ब्रुअरी यसपटक फन्दामा परेको छ । लकडाउनको समयमा विभागको अनुगमन नहुने भएकाले गोर्खा ब्रुअरीले बिषाक्त बियर उत्पादन गरी बजारमा बिक्री गरेको खुलेको छ ।
आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेको थियो । तर विभागले मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ प्रतिलिटर कायम गरिएको विभागले जनाएको छ ।