काठमाडौं । बिराटनगरका अशोक मुरारकाले पौने ४ अर्ब करछली गरेको घटनामा आन्तरिक राजस्व कार्यालयले बिराटनगरले असुलीका लागि ताकेता गरेसँगै उनी अदालतमा रिट हालेर सेटिङ गरी कर नतिर्ने चलखेलमा लागेका छन् ।
यस्तै बहुचर्चित गिरीबन्धु टी स्टेटका संचालक छत्र गिरीले करोडौं करोड करछली गरेकोबारेमा भने आन्तरिक राजस्व कार्यालयले कुनै ताकेतासमेत गरेको छैन । राज्यका शक्तिकेन्द्रहरु प्रधानमन्त्रीदेखि मुख्य सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहुँच देखाएर उनीमाथि आन्तरिक राजस्व कार्यालयले एक्सन लिन नसेकेको स्रोत बताउँछ ।
गिरीबन्धु टी स्टेटको जग्गाको हदबन्दी फुकुवा गर्न सबै पार्टीका शीर्षनेतालाई प्रभावमा पारी भूमि ऐन नै संशोधन गरेका छत्र गिरीले चिया उद्योगबाट करोडौं करछली गरेको उनकै आफन्तहरुले खोल्न थालेका छन् । गिरीबन्धु टी स्टेटको जग्गा उनका अरु दाजुभाइ र भतिजाहरुको भए पनि उनीहरुको सहमति समेत नलिई एक्लौटी फुकुवा गरी अरबौं हेराफेरी गर्न खोजेपछि उनीबिरुद्ध परिवारभित्रैबाट बिरोधको आवाज निस्किएको छ । उनले गिरीबन्धुको जग्गा एक्लौटी खान खोजेपछि मुद्दा मामिला समेत परेका छन् । गिरीले आफन्तलाई समेत गिरीबन्धु टी स्टेटमा ठग्न खोजेपछि मुद्दा मामिला अदालत पुगेको छ ।
छत्र गिरी कम्पनीका एक शेयरधनी मात्र हुन् । तर उनले परिवारका अरु सेयरधनीको सहमति नलिई आफूखुशी जमिन बिक्री गर्न थालेपछि अन्य शेयरधनीले आफ्नो हिस्सा खोजेका छन् । छत्रबहादुरको मनपरीले सीमा नाघेको भन्दै अन्य शेयरधनी न्यायका माग गर्दै अदालत पुगेका छन् । २०२० सालमा स्थापना भएको गिरीबन्धु टी स्टेटमा छत्रबहादुर गिरीको २५ प्रतिशतमात्र सेयर छ । २५ प्रतिशत मात्र हिस्सा भएका छत्र गिरीले ७५ प्रतिशत हिस्सा सेयर भएका ब्यक्तिहरुको सहमतिबेगर एकलौटी रूपमा जमिन दिने भन्दै ब्यवसायीहरुसँग करोडौं रकम उठाएको आरोप छ ।
छत्र गिरीमाथि बिर्तामोडमा चियाबगान संचालन गर्दा घाटा देखाएर करोडौं करछली गरेको आरोपसमेत लागेको छ । गिरीबन्धु टी स्टेटको सुरुदेखिकै आयब्ययको (डीडीए) गर्ने हो भने पर्याप्त मुनाफामा देखिने भए पनि गिरीले घाटामा देखाएर सरकारलाई कर नतिर्ने गरेको खुलेको छ ।
छत्र गिरीले संचालन गरेको अरु चिया बगानसमेत उनले घाटामा देखाएर करछली गरेका छन् । नाफा भए पनि छत्र गिरीले कृृत्रिम घाटा देखाउने गरेको आरोप उनकै दाजुभाइले लगाउने गरेका छन् । एकाध लाख कर नतिर्ने सानातिना ब्यापारिक फर्मलाई सास्ती दिने राजस्व अनुसन्धान विभागले करोड, अरब करछली गर्ने छत्र गिरीहरुलाई भने शक्तिकेन्द्रको दबाबमा छुट दिएको आरोप छ ।
गिरीबन्धुकै हदबन्दी फुकुवामा समेत उनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेतृ डा.आरजु राणा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम लिने गरेका छन् । प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल, डा. आरजु राणा र केपी ओलीको फोन आएको भन्दै उनले धेरैलाई भ्रमित पारी करछलीमा समेत बच्दै आएका छन् । शीर्षनेता र पावरफुल ब्यक्तिको नाम लिएर उनले थर्काउने गरेका छन् । तर, सबै नेताहरुलाई ढाँटेकाले छत्र गिरीसँग केपी ओली, आरजु राणादेखि कृष्ण सिटौलासम्मको सम्बन्ध पछिल्ला दिनमा राम्रो नरहेको स्रोत बताउँ छ । यद्यपि उनले अहिले पनि नेताको नाम लिएर कर नतिरी उन्मुक्ति पाउँदैआएका छन् ।
छत्रबहादुर गिरीहरुले २०२१ सालमा भूमिसुधार लागू हुँदा बिर्तामोडको हदबन्दी भन्दा बढी जग्गा चिया उद्योगको लागि भनेर राखेका थिए । उद्योग प्रयोजनका लागि हदबन्दीभन्दा बढी जग्गा राखेका छत्रबहादुर गिरीहरुले गिरीबन्धु टी स्टेटका नाममा चियाबगान संचालन गरेका थिए । पछिल्लो समय बिर्तामोडको जग्गा चिया उद्योगभन्दा घडेरी बनाएर बिक्री गर्दा अरबौं लाभ हुने देखेपछि उनीहरुले २०५८ देखि पटक पटक उक्त जग्गा फुकुवा गर्न खोजेका थिए ।
सरकार परिवर्तन हुनासाथ नियुक्त हुने भूमिसुधार मन्त्रीलाई करोडौंको अफर गरी हदबन्दी फुकुवा गर्न खोजे पनि कर्मचारीतन्त्रले अड्काएपछि २०७६ मा भूमि ऐनमै संशोधन गर्न सफल भए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend