Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • लगनगाँठो कस्दै श्रृंखला र सम्भव


    बुधबार, मंसिर १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा सञ्चार उद्यमी सम्भव सिरोहियासँग विवाहबन्धनमा बाँधिने भएकी छन् ।

    खतिवडाले प्रेमी सम्भव सिरोहियासँग यही मंसिर २८ गते लगनगाँठो कस्ने तय भएको जानकारी प्राप्त छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

    एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँगको प्रेम सम्बन्ध तथा अफेयरको सार्वजनिक स्वीकारोक्ति गरेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् ।

    श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने निकटस्थ स्रोतले जानकारी दियो । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ । अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् ।

    श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार