एजेन्सी। हमासले बन्धक बनाएका थप १२ जनाको रिहाइ गरेको छ। इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका मध्ये थप १२ जनालाई रिहा गरेको छ ।
त्यस्तै प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।
प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मंगलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजरायलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ । यद्यपि मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ ।
हमास र इस्लामिक जिहादका मास्क लगाएका सशस्त्र लडाकूहरूलाई इजिप्टको सीमा नजिकै रफाहमा बन्धकहरूलाई रेडक्रस अधिकारीहरूसमक्ष बुझाएको देखेको एएफपीका पत्रकारले बताएका छन् ।
मुक्त गरिएका इजराइली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए । लिम्बर्ग आफ्नी आमा र काकीसँग इजरायल फर्केकी थिइन् । तिनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो । रिहा भएपछि ती किशोरीलाई उनको कुकुर बेलालाई समाएको देखिएको थियो ।
बन्धकहरूले सामना गर्नु परेको स्थितिका बारेमा अहिलेसम्म केही प्रत्यक्ष विवरण आएका छन् । सोमबार रिहा भएकी १२ वर्षीय इटन याहलोमीकी हजुरआमाले पुरुषहरूलाई १६ दिनसम्म एकान्त कारावासमा राखिएको बताइन् ।
स्थानीय मिडियाका अनुसार इजरायल सरकारलाई बुधबार रिहा हुने नयाँ बन्धकहरूको एउटा सूची प्राप्त भएको छ । यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन । सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजरायली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ । सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजराइल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ ।
बदलामा १ सय ८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ । रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए । उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए । “
इजरायली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले हमासको ७ अक्टोबरमा हमलाबाट सुरु भएको युद्धलाई अस्थायीरूपमा रोकेको छ । हमासको उक्त हमलामा इजरायलमा अधिकांश सर्वसाधारणसहित १ हजार २ सय मानिस मारिएका थिए ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend