Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुबा–आमा बन्दै सलोन बस्नेत र करिश्मा केसी


    बुधबार, मंसिर १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। चर्चित अभिनेता सलोन बस्नेत पिता बन्ने भएका छन् । विवाह गरेको पहिलो वर्षगाँठको अवसर पारेर उनकी श्रीमती करिश्मा केसीले हिजो मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी हुन् ।

    अभिभावक हुन लागेको खुशी साट्न उनीहरूले केक पनि काटेका छन् । केकमा ‘कमिङ मे २०२४’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिने भएकी हुन् ।

    अघिल्लो वर्षको मंसिरमा धुमधामसहित विवाह गरेका सलोन र करिश्मालाई फ्यान एवं शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार