काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई जंगीअड्डाले रथी बढुवा सिफारिस गरेको २४ दिनपछि राजीनामा दिनुपर्ने अवस्थामा पुर्यायो ।
नागरिकता विवादमा पाण्डेले रथी सिफारिस भइसकेपछि राजीनामा दिने अवस्थामा निम्तिनुमा प्रधानसेनापति प्रभुराम शर्माकै चाहनाले काम गरेको चर्चा सेनाभित्र हुने गरेको छ । सेनामा अधिकृतदेखि उपथी हुँदासम्म र म्यादथप गर्दा पनि त्यही नागरिकताका आधारमा हुने तर रथी बढुवामा भने विवाद निकालिनुमा सैनिक नेतृत्व पाण्डेलाई सेनापति हुन नदिने पक्षमा थियो भन्ने छर्लङ्ग हुन्छ ।
उपरथी पाण्डेले राजीनामा दिएसँगै सेनामा दोस्रो, तेस्रो होइन, चौथो नम्बरका उपरथी सन्तोषकुमार ढकालले रथी बढुवा हुन चलखेल गरेका छन् । मुख्यसचिव बैकुन्ठ अर्यालका निकट ढकालले ताराध्वज पाण्डेको राजीनामासँगै सिग्देलको जन्ममिति विवाद उछालेर उनलाई समेत जान बाध्य बनाउने खेल खेल्दैआएका छन् ।
अर्का उपरथी निर्मल थापाको त शैक्षिक प्रमाण नै नक्कली भएकाले उनलाई पन्छाउन झन् सजिलो हुने ठानेर उपरथी ढकाल योजनाबद्ध रुपमा लागेका छन् । सिग्देललाई बिदा गर्न सके थापालाई गाह्रो नहुने निष्कर्षका साथ उनी लागेका छन् । एक महिनाअघि म्याद नथपिएको भए अवकाश भइसकेका उपरथी ढकालले सेनापति बन्ने लालसा राखेर सिग्देलको नागरिकताको विवाद उछालिएको छ । ढकालले रक्षा मन्त्रालय सम्हालेको कांग्रेस पार्टीका नेताहरुलाई समेत आफूलाई सेनापति बनाउनका लागि प्रभावमा पारिसकेका छन् ।
सिग्देलको नागरिकतामा जन्ममिति २०२३ माघ १० गते र शैक्षिक प्रमाणपत्रमा २०२१ माघ १० गते रहेको प्रचार भइरहेको छ । तर रक्षा मन्त्रालयका अधिकारीले बाहिर त्यस्तो प्रचार गरिएको भए पनि अभिलेखमा उनको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा एउटै जन्ममिति भएको दाबी गर्दछन् ।
रक्षा मन्त्री पूर्णबहादुर खड्का, सचिव किरणराज शर्मा र सेनापति प्रभुराम शर्माबीच शुक्रबार भएको छलफलपछि सोही दिन उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend