काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई जंगीअड्डाले रथी बढुवा सिफारिस गरेको २४ दिनपछि राजीनामा दिनुपर्ने अवस्थामा पुर्यायो ।
नागरिकता विवादमा पाण्डेले रथी सिफारिस भइसकेपछि राजीनामा दिने अवस्थामा निम्तिनुमा प्रधानसेनापति प्रभुराम शर्माकै चाहनाले काम गरेको चर्चा सेनाभित्र हुने गरेको छ । सेनामा अधिकृतदेखि उपथी हुँदासम्म र म्यादथप गर्दा पनि त्यही नागरिकताका आधारमा हुने तर रथी बढुवामा भने विवाद निकालिनुमा सैनिक नेतृत्व पाण्डेलाई सेनापति हुन नदिने पक्षमा थियो भन्ने छर्लङ्ग हुन्छ ।
उपरथी पाण्डेले राजीनामा दिएसँगै सेनामा दोस्रो, तेस्रो होइन, चौथो नम्बरका उपरथी सन्तोषकुमार ढकालले रथी बढुवा हुन चलखेल गरेका छन् । मुख्यसचिव बैकुन्ठ अर्यालका निकट ढकालले ताराध्वज पाण्डेको राजीनामासँगै सिग्देलको जन्ममिति विवाद उछालेर उनलाई समेत जान बाध्य बनाउने खेल खेल्दैआएका छन् ।
अर्का उपरथी निर्मल थापाको त शैक्षिक प्रमाण नै नक्कली भएकाले उनलाई पन्छाउन झन् सजिलो हुने ठानेर उपरथी ढकाल योजनाबद्ध रुपमा लागेका छन् । सिग्देललाई बिदा गर्न सके थापालाई गाह्रो नहुने निष्कर्षका साथ उनी लागेका छन् । एक महिनाअघि म्याद नथपिएको भए अवकाश भइसकेका उपरथी ढकालले सेनापति बन्ने लालसा राखेर सिग्देलको नागरिकताको विवाद उछालिएको छ । ढकालले रक्षा मन्त्रालय सम्हालेको कांग्रेस पार्टीका नेताहरुलाई समेत आफूलाई सेनापति बनाउनका लागि प्रभावमा पारिसकेका छन् ।
सिग्देलको नागरिकतामा जन्ममिति २०२३ माघ १० गते र शैक्षिक प्रमाणपत्रमा २०२१ माघ १० गते रहेको प्रचार भइरहेको छ । तर रक्षा मन्त्रालयका अधिकारीले बाहिर त्यस्तो प्रचार गरिएको भए पनि अभिलेखमा उनको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा एउटै जन्ममिति भएको दाबी गर्दछन् ।
रक्षा मन्त्री पूर्णबहादुर खड्का, सचिव किरणराज शर्मा र सेनापति प्रभुराम शर्माबीच शुक्रबार भएको छलफलपछि सोही दिन उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend