Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु


    सोमबार, मंसिर ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीकाे चिसाेबाट मृत्यु भएकाे छ । साेमबार राति
    जाजरकोटकाे नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हाे ।

    उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ ।
    चदाराले छोरीको जन्म दिएकी थिइन् ।

    गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।

    भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार