Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिग्देल रथी बढु्वा सिफारिस, प्रधानसेनापति हुने निश्चित


    शुक्रबार, मंसिर ८ २०८०
    3.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको हो ।

    रथी बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादमा परेपछि २४ कात्तिकमा राजीनामा दिएका थिए । पाण्डेको राजीनामासँगै सिग्देल रथी बढुवाका लागि सिफारिस भएका हुन् ।

    शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको हो । रथी बढुवासँगै भावी प्रधानसेनापतिको लाइनमा सिग्देलको नामा सुनिश्चित भएको छ ।

    उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् । तर नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको भन्दै उनका बारेमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आायोगमा उजुरी परेको छ ।

    यस्तै बढुवाका लागि सिफारिस लगत्तै सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार