Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको मूल्य


    बिहिबार, मंसिर ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो । आज १० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार