Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?


    मंगलबार, मंसिर ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदी प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार