Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीलाई जेलमा हालेपछि बल्ल सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दैछन् : प्रचण्ड


    आइतबार, मंसिर ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताएका छन् । रुकुम पुर्वको मैकोटको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विश्वमा भ्रष्टाचारको कारणले बद्नाम भएपछि सरकारले भ्रष्टाचारीहरुविरुद्ध अभियान थालेको बताए ।

    प्रचण्डले भने, अहिले हिजो भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीहरु जेलमा छन् । सरकारी जग्गा व्यक्तिको नाममा बनाएर त्यसबाट राज्यलाई ठग्नेविरुद्ध पनि सरकार अभियान चलाएको छ । यस्तै, तस्करी गरेर अकुत सम्पत्ति कमाउने गिरोह हरुलाई पनि गिरफ्तार गरेर यही सरकारले गरेको छ ।

    माओवादी केन्द्र नेतृत्वको सरकारले पहिलो चोटी सुरु गरेको अभियानले जाली फटाहा, शोशक, दलाल, नोकरशाहहरु आत्तिएको टिप्पणी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार