काठमाडौँ। नेपाली सेनाका वरिष्ठ उपरथी ताराध्वज पाण्डेले उमेरको विषयमा छानबिन सुरु भएपछि राजीनामा दिएका छन्।
रथीमा बढुवा हुने दौडमा रहेका पाण्डेले पदबाट दिएको सो राजीनामा स्वीकृत समेत भएको छ।
सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
उक्त जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझनै राजीनामा बुझाएका थिए। रथीमा बढुवा हुने दौडमा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएको थियो।
पाण्डे आगामी प्रधान सेनापतिको रोलक्रममा समेत थिए। प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधान सेनापतिको रोलक्रममा थिए।
परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालय स्रोतबाट प्राप्त कागजातअनुसार पनि पाण्डेले जन्ममिति सच्याएको देखिन्छ। छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ।
‘सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ।
एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ।
तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।
तर उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते जारी भएको देखिन्छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend