Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी


    बिहिबार, कार्तिक २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।

    प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै सिंहदरबारमा धर्ना बस्ने बताएका हुन् ।

    उनले प्रदेशका अधिकार तत्काल हस्तान्तरण गर्न माग गरेका छन् । संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका काममा समेत संघीय सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार