जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई पुराना दलहरूले पुन: जेल पठाउन षड्यन्त्र गरिरहेको गुनासो गरेका छन्।
योगराज ढकाल (रिगल)को आममाफी बदरसँगै रेशम पनि जेल जानसक्ने चर्चा भइरहँदा उनले टीकापुरमा आफ्नो दोष भगवान्ले पनि पुष्टि गर्न नसक्ने जिकिर गरे ।
केहीदिन अगाडि धनुषा आएका उनले सञ्चारकर्मीसँग भने- ‘म मेरो मुद्दाबारे धेरै भन्न चाहन्न । ईश्वर छन् भने मलाई लाग्छ यो देशमा यो संसारमा जिसस क्राइस्ट, बुद्ध, ब्रम्हा, विष्णु, महेश, शिव भगवान् कसैले पनि मेरो दोषलाई प्रमाणित गर्न सक्दैनन् ।’
घटना संलग्नता रहेकाले दोषी ठहर भयो र राजनीति दबाबमा राष्ट्रपतिबाट माफी पाए भन्ने भनिन्छ नी ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘त्यसो भए रेशम चौधरी कारागारमा झुण्डिएको हेर्न चाहनुहुन्छ ? के रेशम चौधरीको मृत्यु कारागारमै भइदिए थपडी बजाउन चाहनुहुन्छ ?’
उनले पुराना दलहरु आफूलाई जेल राखिराख्न चाहेको पनि बताए ।
‘मधेसका राजवन्दीहरुलाई अझै छाडिएको छैन,’ चौधरीले भने, ‘उनीहरू (पुराना दलहरूले) त रेशम चौधरी जेलभित्रै सडिरहोस् चाहेकै छन् ।’
उनले साढे ८ वर्ष जेल बस्ने पाँच औंलामा गन्दा आफू पनि पर्ने बताउँछन् । राज्यले सतायो तर त्यसभित्र अधिकार खोज्ने क्रममा जनताले दिएको सहमतिले आफू रिहा भएको उनले भनाई छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend