Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • रेशम चौधरीले भने- असली हत्याराहरूको खोजीनिती गर्न सहयोग पुर्‍याउँछु


    आइतबार, जेष्ठ २१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • दाङ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पहिचानको आन्दोलन अझै नसकिएको भन्दै थरुहट प्रदेश कायम गर्ने आवाज फेरि बुलन्द पारिने संकेत गरेका छन्। उनले देशमा रहेका प्रदेशहरूको नाम पहिचानको नामबाट कायम गरिनुपर्ने आवाज उठाएका छन्।

    दाङको लमहीमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले अग्राधिकारको पक्षमा रहेको उल्लेख गरेका छन्।

    ‘अहिले पनि लाग्छ, तराईका थारुहरूको नाममा थरुहट प्रदेश मात्रै लेखिदिनूस, त्यो थरुहट प्रदेश लेखिएको संविधानभित्र धारा, उपधाराभित्र कतै थारुको अधिकार नलेखिदिनूस, मात्रै थरुहट प्रदेश लेखेको नाममा यहाँका थारुहरूले हजारौँ, लाखौँ सुंगुरको बलि एकैदिनमा दिन्छन् र खुसीयाली साट्छन्’, नेता रेशमले भने, ‘आफ्नो जनता खुसी भएको देख्न नसक्ने कुनै राज्य व्यवस्था हुन्छ? आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कुनै राज्य व्यवस्था हुन्छ? कृपया यस्तो नहोस्।’

    यस्तै, उनले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने बताए।

    ‘असली हत्याराहरूको खोजीनिती गरौँ न। खोजीनिती गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, उनले भने, ‘टीकापुर घटनाको बारेमा अतिरञ्जित कुरा नगर्नूहोस्, टीकापुर घटनामा सबैभन्दा पहिला रामविहारी थारु सहिद भएका थिए। एउटा थरुहट आन्दोलनमा एउटा थारु सिपाइ मारिन्छ, यो सम्भव कुरा हो, अहँ होइन। यो केलाइनुपर्छ। गलत कुराको अन्त्य गरिनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’

    जेलबाट छुटेपछि पहिलोपल्ट दाङ आएका रेशम चौधरीलाई नागरिक अभिनन्दन गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार