Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुराम भट्टराई भन्छन्- रेशम चौधरीको रिहाइ गर्न र नागरिकता विधयेक प्रमाणीकरणका लागि किन्तु परन्तु नगरौं


    शनिबार, जेष्ठ १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइ हुनु पर्नेमा जोड गरेका छन् ।

    पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता विद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।

    ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार