Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत


    आइतबार, भाद्र १७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललितपुरमा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ का ३६ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    ती पुरुषले पीडित किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जंगलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

    बलात्कारको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    उनीमाथि बलात्कारको कसुरमा जिल्ला आदलत ललितपुरबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार