Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्पपछि जाजरकोटमा सडक अवरुद्ध, एक जना घाइते


    सोमबार, कार्तिक २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

    अहिले खुलाउनका लागि पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ। साथै भेरी नगरपालिका–१ कै रावत गाउँमा एक जना घाइते भएको प्रहरीले बताएको छ ।

    शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा आज ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर आजको भूकम्पले भत्काएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार