Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अल नासरको जीतमा रोनाल्डोको गोल


    आइतबार, कार्तिक १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल खलिजलाई हराउँदै अल नासरले सबै प्रतियोगितामा लगातार पाँचौँ जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासर २–० गोलले विजयी बनेको हो ।

    खेलको २६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ९ खेलमा पोर्चुगिज स्ट्राइकरको यो ११ औँ लिग गोल हो । दोस्रो हाफको ५६ औँ मिनेटमा एमरिक लापोर्टेले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।

    यो सिजन पाँचौँ क्लिन सिट राख्न सफल अल नासर सबै प्रतियोगिताका पछिल्ला १६ खेलमा अपराजित रहेको छ । १२ खेलमा टोलीले २८ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । अल हिलाल ३२ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार