Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियालाई हराउँदै नेपाल पुग्यो टी-२० विश्वकप छनोटको सेमिफाइनलमा


    मंगलबार, कार्तिक १४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै घरेलु टोली नेपाल सेमिफाइनलमा पुगेको छ ।

    टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे ।

    मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

    नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार