Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको सुखद सुरुवात, सिंगापुर ८ विकेटले हार्यो


    सोमबार, कार्तिक १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । आज सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

    नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार