Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिङ्देनको सुझाव- लामो राजनीतिक जीवन बिताएकाहरूले अब विश्राम लिनुपर्छ


    सोमबार, कार्तिक १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लामो राजनीतिक जीवन बिताएकाहरूले अब विश्राम लिनुपर्ने सुझाव दिएका छन्।

    देशलाई यथास्थितिबाट मुक्त गराउन पनि लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने लिङ्देनले दाबी गरे ।

    ‘एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्छ,’ अमरिकाको टेक्सासमा भएको कार्यक्रममा उनले भने।

    उनले परिवर्तनको जनचाहनालाई परम्परागत नेतृत्वले अब नेतृत्व दिन नसक्ने पनि लिङ्देनको भनाइ छ।

    उनले भूगोलमा नेपाल मेची-महाकालीमा समेटिएको भए पनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने बताए।

    पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनमा उनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार