Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र युएई भिड्दै


    शुक्रबार, कार्तिक १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्नका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गरेका हुन् ।

    उक्त फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

    डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

    युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।

    नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

    यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

    फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने योजनामा नेपाल छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार