Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनबाट गृहमन्त्री श्रेष्ठ स्वदेश फर्किए


    बुधबार, कार्तिक ८ २०८०
    1.6K
    Shares
    pkk|wfgdGqL >]i7 a]Olhªdf a]Olhª -rLg_, #) c;f]hM hgjfbL u0ftGq rLgsf] e|d0fdf /xg'ePsf pkk|wfgdGqL Pj+ u[xdGqL gf/fo0fsfhL >]i7nfO{ rLgsf] /fhwfgL a]Olhªl:yt tfl;ª cGt/{fli6«o ljdfg:yndf :jfut ug'{x'Fb} rLgsf nflu g]kfnL /fhb't lji0f'k'sf/ >]i7 . tl:a/M gjLg kf}8]n÷ /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनबाट स्वदेश फर्किएका छन् । उनी चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार (आज) बिहान काठमाडौं आइपुगेका हुन् ।

    बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।

    बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

    १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार