Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा भूकम्पका कारण पहिरो, यस्तो छ धादिङमा क्षति


    आइतबार, कार्तिक ५ २०८०
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । धादिङमा आज बिहान भूकम्पको शक्तिशाली धक्कापछि पहिरो खसेको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको धक्कापछि पहिरो खसेको हो ।

    ज्वालामुखी गाउँपालिका–५, बुङकोटघाटस्थित सिम्लेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ । पहिरोका कारण कुनै क्षति नभएको धादिङका प्रहरी प्रमुख एवं एसपी गौतम मिश्रले जानकारी दिए ।

    उनका अनुसार भूकम्पका कारण ज्वालामुखी–५, कुमलटारीका ५२ वर्षीय भक्की कुमालको कच्ची घरको पछाडि भागको भित्ता भत्किएको छ ।

    सोही ठाउँका ३६ वर्षीय रमेश कुमालको कच्ची घरको पछाडिको भित्ता भत्किएको छ ।

    ज्वालामुखी–५, कुमलटारीकै ५० वर्षीय पुन्टे कुमालको घरको भित्ता चर्किएको र खाना पकाउने चिम्नी बांगिएको छ ।

    सोही ठाउँका ४५ वर्षीय प्रताप कुमालको कच्ची घरको भित्ता चर्किएको र चिम्नी बांगिएको छ ।

    भूकम्पका कारण ज्वालामुखी–७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ ।

    ज्वालामुखी–१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किएको र एउटा खसीको खुट्टा भाँच्चिएको एसपी मिश्रले जानकारी दिए ।

    यसबाहेक हालसम्म अरू क्षतिको विवरण प्राप्त नभएको उनले बताए । विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार