रौतहट। पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजना महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ।
चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए ।
शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मिश्र भनाई छ । उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी घाइते भएकी छन्।
शनिबार साँझमा घटनाको खबर आए पनि हात्ती त्यसै ठाउँमा रहेकाले आज बिहान मात्र सेना प्रहरी बन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइरालाले बताए। मृतकको शवको खोजी र घाइतेको उद्धार गर्ने क्रममा २ जना प्रहरी लाई समेत चोटपटक लागेको डिएसपी कोइरालाले जानकारी दिएका छन्।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend