Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं आइपुग्यो इजरायलमा मारिएका नेपालीको शव


    आइतबार, कार्तिक ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। इजरायलमा मारिएकामध्ये चार जनाको शव आज काठमाडौं आइपुगेको छ। पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको हाे ।

    शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।

    पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ ।

    अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार