Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हमासले भन्यो- गाजा चर्चमा भएको इजरायली आक्रमणमा थुप्रैको मृत्यु भएको छ


    शुक्रबार, कार्तिक ३ २०८०
    1.4K
    Shares
    Smoke is seen in the Rehovot area as rockets are launched from the Gaza Strip, in Israel October 7, 2023. REUTERS/Ilan Rosenberg TPX IMAGES OF THE DAY
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले दाबी गरेको छ ।

    मन्त्रालयका अनुसार गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो सङ्ख्यामा सहित र घाइते’ भएका छन् ।

    प्रत्यक्षदर्शीहरू दिएको जानकारीअनुसार प्लालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्रै गाजाबासीले शरण लिएको चर्चनजिकै लक्षित गरी हमला गरेको देखिन्छ ।

    इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले इजराइलतर्फ रकेट र मोर्टार प्रक्षेपणमा संलग्न कमान्ड र कन्ट्रोल सेन्टरलाई लक्षित गरी आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको छ ।

    “आईडीएफले गरेको हमलाबाट एउटा चर्चको पर्खाल क्षतिग्रस्त भएको छ, हामी हताहतको रिपोर्टबारे सचेत छौँ, घटनाको समीक्षा गरिरहेका छौँ”, आईडीएफले भनेको छ ।

    प्रत्यक्षदर्शीहरूले आक्रमणमा चर्चको बाहिरी भाग क्षतिग्रस्त भएको र छेउको एउटा भवन भत्किएको भन्दै घाइते धेरैलाई अस्पताल लगिएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार